काठमाण्डौ -देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
अहिले बिहान प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी महाशाखाले दिएको छ ।
मौसमविद्का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।







प्रतिक्रिया