अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णु पौडेलको नेतृत्वमा चारजना एमाले नेता आज चीन जाँदै

विष्णु पौडेलको नेतृत्वमा चारजना एमाले नेता आज चीन जाँदै


काठमाडौ -नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीन भ्रमणमा जाने भएका छन्।

आज बिहान ९ बजे पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मीना रखाल चीन जानेहुनु भएको हो ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जान लाग्नु भएको हो।
उहाँहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौडेलसहित नेताहरू पाँच दिने भ्रमणका लागि युनान प्रान्तको कुनमिङ जान लागेको रिजालले जानकारी दिनुभयो।

कुनमिङमा इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्स्चेन्ज कार्यक्रम छ। त्यसमा पौडेल वक्ता छन्।

कोरोनाभाइरस महामारीपछि पहिलोपटक नेपालबाट राजनीतिक दलका नेताहरूको भ्रमण टोली चीन जान लागेको हो।

यसैबीच चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल आउने कार्यक्रम छ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले यसअघि नेपालका राजनीतिक दलहरूसँग भर्चुअल संवाद पनि गर्ने गरेको थियो।