अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन सार्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली

निर्वाचन सार्ने षडयन्त्र भइरहेको छ : अध्यक्ष ओली


काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताउनु भएको छ।

आज पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगले मतपत्रको रङ बदल्ने, उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने जस्ता प्रावधान नभएको बताउनु भयो।

अध्यक्ष ओलीले आयोगले पछिल्ला निर्णयहरु गर्दा गठबन्धनबाहेक अन्य दलसँग परामर्श नगरेकोमा आपत्ति समेत जनाउनु भयो। उहाँले भन्नुभयो, ‘यो लक्षण उही भरतपुर र सिराहा प्रकरण जस्तो हुने देखिएको छ, यस्तो नहोस भन्ने म आग्रह गर्न चाहान्छु ।’

‘जनप्रतिनिधिको कार्यकारीणी पद रिक्त गर्ने प्रचलन हुन्छ कि हुँदैन ? प्रचलन हेर्ने हो भने रिक्त राख्न मिल्दैन । प्रदेश र केन्द्रको निर्वाचन हुँदा सरकार कायम हुने तर स्थानीय तहमा मात्रै रिक्त किन ?’अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । उहाँले स्थानीय तहमा गठबन्धनको बर्चस्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कुनै औचित्य पुष्टि नहुने दावी गर्नुभयो ।