काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
काठकाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभएको हो।
अध्यक्ष ओलीले आगामी स्थानीय तहको चुनावमा मतपेटिकालाई निगरानी राख्नु पर्ने बताउनुभएको छ ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘यसपटक मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुर गर्दैनौं । किनभने हामी षडयन्त्रभित्र छौं । काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ। विश्वास गर्ने आधार नै छैन ।’
निर्वाचन आयोग समेत गठवन्धनसँग मिलेको भन्दै अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले निर्वाचन आयोगप्रति आक्रोश पोख्दै सत्तारुढ गठबन्धनसँग मिलेर नियम, आचारसंहिता र मतपत्रको रंङको टुंगो लगाएको आरोप लगाउनुभएको छ ।
एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै अध्यक्ष ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाउनु भयो । ‘हामीसँग छलफल गर्नु पर्दैन ? सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नु नपर्ने,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’







प्रतिक्रिया