अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटाको गठबन्धनलाई राजेन्द्र राईको काउण्टर : एउटै निशानाले सबै झ्याप् पार्छौं

धनकुटाको गठबन्धनलाई राजेन्द्र राईको काउण्टर : एउटै निशानाले सबै झ्याप् पार्छौं



धनकुटा – धनकुटामा पाँचदलले सत्ता गठबन्धन गर्ने निर्णय गरेपछि चुनावमा भिड्न सजिलो हुने एमालेको प्रतिक्रिया छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने काँग्रेस,माओवादी नेकपा समाजवादीले निर्णय गरेको केही बेरमै एमाले केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले चुनाव भिड्न अब सजिलो हुने प्रतिक्रिया दिनुभएको हो । ‘पाँचवटा दल पाँचतिर हुँदा शिला खोज्नु पथ्र्यो गठबन्धन बनाएर आएपछि हामी धेरैतिर अलमलिनु परेन ।एउटै निशानाले सबै झ्याप पार्छौं ।’
यो बेलासँग कुरा गर्दै राईले गठबन्धनमा कार्यकर्ता र मतदाता नभएको केही नेता मात्र देखिएको बताउनुभयो । ‘मतदाता एमालेसँग छन् । एमालेको बिचार र केपी ओलीको नेतृत्वलाई हाइ हाइ गरेर बसेका मतदाताले दाँयाबाँया गर्दैनन् ।’
पार्टी अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा म्यान अफ दि इलेक्सन उपाधी दिएका राई यसपाली पनि त्यो उपाधी धनकुटाले पाउनेमा ढुक्क हुुनुुहुन्छ । ‘सात तह ६० वडा एमाले कै हो ’ राई भन्छन् ‘देशभरीमा सर्वोत्कृष्ट नतिजा दिन धनकुटा पर्खेर बसेको छ ।’
धनकुटामा आगामी निर्वाचनमा गठबन्धन गरेर एमालेसँग भिड्ने निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।