अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जामा बसको ठक्करबाट एक जनाको मृत्यु

स्याङ्जामा बसको ठक्करबाट एक जनाको मृत्यु


स्याङ्जा – स्याङ्जामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  दिउँसो १ बजेतिर गल्याङ नगरपालिका १ स्थित सिद्धार्थ राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रूपन्देही शुद्धोधन गाउँपालिका ५ फर्सटिकट घर भई गल्याङ बजारमा ‘कुशल मोटरसाइकल वर्कसप’मा काम गर्ने २७ वर्षीय जितेन्द्र पटेलको मृत्यु भएको हो।

वालिङबाट बुटवलतर्फ जाँदै गरेको ग १५ प ७४४७ नं को मोटरसाइकल बिपरित दिशाबाट आइरहेको लु२ख ५२९० नम्बरको मिनी बससँग ठक्कर दिएको थियो। तत्काल उपचारको लागि नगर अस्पताल गल्याङ स्याङ्जामा पठाइएकोमा साढे १ बजे डाक्टरले मृत घोषणा गरेको डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनु भयो ।

शव सोही अस्पतालमा रहेको र दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको डीएसपी अधिकारीले बताउनु भयो ।