अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन आचारसंहिताबारे अन्तर्क्रिया गर्ने

निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन आचारसंहिताबारे अन्तर्क्रिया गर्ने


काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सात वटै प्रदेशमा अन्तर्क्रिया गर्ने भएको छ ।

आज नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तर्क्रिया गर्न लागेको बताउनु भयो ।

आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा ९ देखि १७ चैतसम्म आचारसंहिता कार्यान्वयनका विषयमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीसँग छलफल गर्न लागेको उहाँले बताउनु भयो ।

त्यस्तै राष्ट्रिय मान्यताप्राप्त बाहेकका ५८ दलले जिल्ला स्तरको संगठन संरचना, जिल्ला समितिको विवरण पेश गरेका प्रवक्ता पौडेलले बताउनु भयो ।

निर्वाचन आयोगले ११०२ नम्बरको टोलफ्री नम्बर १५ चैतदेखि सुरु गर्न लागेको पनि प्रवक्ता पौडेलले जानकारी दिनु भयो ।  उक्त नम्बरमा मतदाता, आम नागरिक तथा सरोकारवालाले आफ्नो जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्ने उहाँले बताउनु भयो ।