अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिएण्डसी अस्पतालले गरीबका लागि सुरू गर्‍यो नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम

बिएण्डसी अस्पतालले गरीबका लागि सुरू गर्‍यो नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम


काठमाडौँ – बिएण्डसी मेडिकल कलेजले झापाको बाह्रदसी गाउँपालिकाका १५ सय गरीब एवं विपन्न परिवारका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।

आज कलेजले एक कार्यक्रम आयोजना गरी उक्त जानकारी दिएको हो।

अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय नेता दुर्गा प्रसाईले अस्पतालकोतर्फबाट प्रति परिवार ३५०० बीमा शुल्क तिरिदिने घोषणा गर्नु भएको छ । आर्थिक अभावका कारण उपचारबाट कोहि बन्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य विमामा समाहित गराउने अभियान सुरु गरेको कार्यकारी निर्देशक प्रसाईले बताउनु भयो ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘म दानवीर हैन। तर, म नेपाल आमाको छोरा भएकोले दु:ख थोरै बाडौं भनेर म यहाँ आएको हुँ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक वन्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो।’

सोही कार्यक्रममा बोल्दै प्रदेशका सांसद वसन्त बानियाँले झापाको पछाडी परेको क्षेत्रमा नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वस्थ्य नागरिक बनाउने यो महाअभियानको सुरुवात भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस क्षेत्रको स्वास्थ्य सेवालाई नयाँ उचाईमा लग्नेछ । नि:शुल्क स्वास्थ्य बीमाले बिमाको पहुँचमा नभएकालाई राज्यले दिएको सेवा लिन सक्छन् ।’

नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य क्षेत्रका लागि अस्पतालको महत्वाकांक्षी योजना रहेको पुर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले बताउनु भयो । ‘यसबाट पिछडिएका नागरिकलाई ठूलो राहत मिल्ने छ । अझ क्यान्सर बिरामीको लागि यो पैसा ठुलो सहयोग हो, ‘उहाँले भन्भयो ।

पुर्वाञ्चल क्यान्सर अस्पतालले ४० वर्ष माथिका महिलाको पाठेघर र स्तन क्यान्सरको नि:शुल्क स्क्रोनिङ गरिरहेको उहाँले जानकारी गराउनु भयो ।