अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अभिनेत्री करिष्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह भोली एमाले प्रवेश गर्ने

अभिनेत्री करिष्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह भोली एमाले प्रवेश गर्ने


काठमडौ -अभिनेत्री करिस्मा मानन्धर घोषित मिति भन्दा महिना दिन अघि नै एमाले प्रवेश गर्ने हुनुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको दिन ९ बैशाखमा एमाले प्रवेश गर्ने भने पनि मानन्धर भोली नै एमाले प्रवेश गर्ने तय भएको एमाले केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो । स्रोतका अनुसार करिष्मालाई एमाले प्रवेश गराएर चुनावी सभाहरुमा सहभागी गराउने एमालेको योजना छ । करिष्मालाई आगामी ९ गतेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्य बनाउने चर्चा एमालेमा छ ।

मानन्रधर बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपाल पार्टीबबाट राजनीतिमा सक्रिय हुनुभएको हो ।
भोली दिउसो १ बजे पार्टी केन्द्रीय कार्यलयमा आयोजना हुने कार्यक्रममा पूर्वमन्त्री प्रेमबहादुर सिह पनि एमाले प्रवेश गर्ने अधिकारीले जानकारी दिनुभयो ।