काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रधानमन्त्री र अर्थमन्त्रीसँग सिलाइ सामग्री खरिदमा भन्सार छुट दिने कुरा गर्ने आश्वासन दिनुभएको छ ।
नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि पहल गर्ने आश्वासन दिनुभयो ।
सिलाइ व्यवसाय सबैलाई उपयुक्त हुने व्यवसाय भएकाले आफू उक्त व्यवसायको सधैँ सम्मान गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पेशा सबैको सम्मानित नै हुन्छ तर सिलाइ व्यवसाय भनेको झनै सम्मानित पेशा हो, सिलाइ व्यवसायीलाई सबैले सम्मान गर्नुपर्छ ।’







प्रतिक्रिया