अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुनै पद पाउँछु भनेर एमालेमा प्रवेश होइन, कार्यकर्ता बन्न आएकी हुँ  : करिश्मा मानन्धर

कुनै पद पाउँछु भनेर एमालेमा प्रवेश होइन, कार्यकर्ता बन्न आएकी हुँ  : करिश्मा मानन्धर


काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी भएर नेकपा एमाले प्रवेश नगरेको बताउनु भएको छ ।

आज नेकपा एमालेमा प्रवेश गर्नुभएपछि उहाँले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताउनु भयो ।

‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर  एमालेमा जोडिन आएको छु’ उहाँले बताउनु भयो  ।

करिश्मा मानन्धरले आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताउनु भयो ।

आज काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गर्नुभयो ।

मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष ओलीले स्वागत गर्नु भएको हो । अभिनेत्री करिश्मा मानन्धर तत्कालिन नयाँँ शक्ति पार्टीबाट राजनीतिमा लाग्नु भएको थियो । पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय हुनुहुन्थ्यो ।