अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चैत १४ गते न्यायिक समितीको राष्ट्रिय सम्मेलन पोखरामा हुने

चैत १४ गते न्यायिक समितीको राष्ट्रिय सम्मेलन पोखरामा हुने


पोखरा -देशभरका स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समितीको राष्ट्रिय सम्मेलन चैत् १४ गते पोखरामा हुने भएको छ ।
स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रुपमा न्याय सम्पादनमा भैरहेका असल अभ्यास र चुनौतीहरु बारे अनुभव अदान प्रदान गर्ने उद्देश्यले पोखरामा जम्मा हुने भएका हुन् ।
देशभरका उपप्रमुखहरुलाई एकैथलोमा जुटाउने काम पोखरा महानगर न्यायिक समितिले गर्दैछ । संविधानमै व्यवस्था भएको न्यायिक समितिको जिम्मेवारी सम्हालेका ७५३ वटै स्थानिय तहमा कसरी न्याय सम्पादन गरिरहेका छन, यसका असल अभ्यास र चुनौतीहरु बारे एकै थलोमा जम्मा भएर छलफल गर्ने उद्देश्यले पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पहिलो पटक “न्यायिक समितिको राष्ट्रिय सम्मेलन–२०७८” आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलन मार्पmत जानकारी गराइएको हो ।देशभरका पालिकाहरुलाई आमन्त्रण गरि समितीको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङ्ले जानकारी दिनुभयो ।देशभरका पालिका उपप्रमुख र उपाध्यक्षलाई निमन्त्रणा पठाइएको जानकारी दिदै सबै आउने अपेक्षा रहेको बताउनुभयो ।

चैत १४ गते पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने उहाँले जानकारी दिनुभयो ।मंगलबार महानगर परिसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘स्थानीय तहरुमा न्यायिक समिति नयाँ पनि हो त्यसैले न्याय सम्पादनमा भएका असल अभ्यास र चुनौतीहरु बारे अनुभव साटासाट गदै कमीकमजोरीहरु सुधार गर्नुपर्ने विषयमा छलफल गरेर घोषणापत्र सार्वजनीक गर्ने छौ ।’ सम्मेलनमा पोखराको न्यायिक समितिले न्याय निरुपण गरेको प्रयासहरु बारे निर्माण गरेको वृत्तचित्र समेत प्रर्दशन गरिने उपप्रमुख गुरुङले जानकारी दिनुभयो ।

सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न उपप्रमुख गुरुङको संयोजकत्वमा मुल समिति र विभिन्न ८ वटा उपसमितीहरु गठन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं सम्मेलनका सदस्यसचिव बलराम रिज्यालले जानकारी दिनुभयो ।