अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१६ वर्षपछि एमाले फर्किका प्रेमबहादुर सिंह भन्नुहुन्छ : आफ्नै घर फर्किएको अनुभुती भएको छ

१६ वर्षपछि एमाले फर्किका प्रेमबहादुर सिंह भन्नुहुन्छ : आफ्नै घर फर्किएको अनुभुती भएको छ


काठमाडौं – पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ।

मंगलबार आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे ।

सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अनुभूति भएको बताउनुभयो ।

‘अहिले मलाई आफ्नो घरमा फर्किएको सुखानुभूति भएको छ । म नेकपा एमालेबाट एक्लै गएको थिएँ, अहिले सानै भए पनि एउटा शक्ति लिएर फर्केको छु ।’ उहाँले भन्नुभयो ।