अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेम सिंह एमालेका लागि अपरिचित र नयाँ अनुहार होइन, लामो समय एमालेमै रहेर काम गरेका प्रभावशाली नेता हुन् : अध्यक्ष ओली

प्रेम सिंह एमालेका लागि अपरिचित र नयाँ अनुहार होइन, लामो समय एमालेमै रहेर काम गरेका प्रभावशाली नेता हुन् : अध्यक्ष ओली

प्रेमबहादुर सिंहलाई देखाउँदै अध्यक्ष ओलीले भन्नुभयो– यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि नै एमालेमा प्रवेश गर्ने लहर नै चलेको बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका बारेमा विगतमा फैलाइएका भ्रमबाट मुक्त हुँदै दैनिक ठूलो संख्यामा एमालेमा प्रवेश गर्ने लहर चलेको बताउनु भएको हो । सोही कार्यक्रममा प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी आजदेखि एमालेमा समाहित भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रेमबहादुर सिंहसँग २०३० सालको सुरुवातमा भारतको दरभंगामा भेट भएको बताउनु भयो। त्यसबेला आफू भूमिगत रुपमा काम गर्दै हिँडेको उहाँले सुनाउनु भयो ।

प्रेमबहादुर सिंह नेकपा एमालेका लागि अपरिचित र नयाँ नरहेको भन्दै उहाँले लामो समय एमालेमै रहेर काम गरेका प्रभावशाली नेता रहेको बताउनु भयो । उहाँले सिंहको स्वास्थ्य अवस्थाको प्रशंसा गर्दै ‘उमेरको तुलनामा भर्खरकै’ देखिएको बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘कर्णालीको हावापानी, यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ ।’