अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करिश्मा मानन्धरलाई आएको एमाले अध्यक्ष केपी ओलीको त्यो फोन…

करिश्मा मानन्धरलाई आएको एमाले अध्यक्ष केपी ओलीको त्यो फोन…

केपी ओलीको व्यक्तित्वले एमालेमा तान्यो


काठमाडौँ – गत असोज १ राति । अभिनेत्री करिश्मा मानन्धरको मोबाइल फोनमा नयाँ नम्बरबाट फोन आयो । ट्रु कलर आइडीमा एमालेका अध्यक्ष केपी शर्मा ओली देखायो । करिश्मा मानन्धरलाई लाग्यो, कतै देशकै निवर्तमान प्रधानमन्त्रीको फोन कल त होइन् । फेरि सोचिन् प्रधानमन्त्री जस्तो मान्छेले मलाई किन फोन गर्नुभयो ?

कुरा गर्दै जाँदा नभन्दै अध्यक्ष ओलीको फोन रहेछ । जब ओलीले करिश्मालाई परीक्षा कस्तो भइरहेको छ ? भन्दा उनलाई आफ्नै घरको मुलीले छोराछोरीसँग प्रश्न गरेजस्तो लाग्यो । करिश्माले जवाफ फर्काउनु भयो, हजुर ठीक छ सर ।

उनलाई जिज्ञासा लाग्यो, ‘तपाईं केपी ओली हो ?’

अध्यक्ष ओलीले भन्नुभयो, ‘अ हो विश्वास लागेन् ?’

करिश्माले भन्नुभयो, लागेन सर ।

त्यसपछि उहाँले एउटा डुंगाको कथा सुनाउनु भयो त्यसपछि उहाँ ओली नै हो भन्नेमा सतप्रतिशत विश्वस्त हुनुभयो ।

आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन देशकै निवर्तमान प्रधानामन्त्रीबाट फोन आउनु सामान्य कुरा होइन । एउटा सामान्य कलाकारलाई फोन गरेर परीक्षा कस्तो भइरहेको छ ? स्वास्थ्य अवस्था कस्तो छ ? जस्ता जिज्ञासा राखेपछि करिश्माले ओलीलाई आफ्नो आइडल मान्न थाल्नुभयो । त्यही फोन कलपछि करिश्मालाई लाग्यो देशको महत्वपूर्ण व्यक्तिले आफ्नो कामलाई हेरिरहेका रहेछन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालबाट उहाँले राजनीतिक यात्रा सुरु गर्नु भएको थियो । भट्टराईले नयाँ शक्तिलाई जनता समाजवादी पार्टीसँग एकता गराएपछि उहाँ निष्क्रिय हुनुभयो । उहाँले आफ्नो पढाइलाई र कलाकारितालाई मात्र अगाडि बढाइरहनु भएको थियो । त्यहीबेला एमाले अध्यक्ष ओलीले फोन गर्नुभयो । ओलीको फोनपछि उनमा पुनः राजनीतिको मोह जाग्यो ।

करिष्माले ओलीलाई नजिकबाट नियाल्न थाल्नुभयो । उहाँका भाषण र विचारलाई सुन्न थाल्नुभयो । जति जति सुन्दै जानु भयो, उहाँलाई ओली र एमालेप्रति आकर्षण जाग्न थाल्यो । उहाँले तारन्तार ओलीबारे र उहाँसँग सम्बन्धित स्टाटस फेसबुकमा लेख्न थाल्नुभयो ।

ओलीको फोनबाट दंग पर्नु भएकी करिश्माले केही दिन अगाडि प्रत्यक्ष भेट गर्नुभयो । गत ४ कात्तिकमा ओली निवास बालकोटमै पुगेर भेट गर्नु भएको थियो । जसका लागि एमाले नेतृ कोमल वली र हास्यकलाकार जितु नेपालले सहजीकरण गरिदिनु भएको थियो ।

भेटको क्रममा उहाँले ओलीबाट धेरै राजनीतिक तथा समसामयिक विषयमा कुरा सुन्ने मौका पाउनु भयो । ओलीसँगै बसेर उहाँको विचार सुनेपछि उनी त ‘वान साइडेड लभर’ जस्तै बन्नुभयो । सबै क्षेत्रमा मानिसहरूलाई उत्तिकै महत्वका साथ लिएको र चासो मानेर सुनेको भन्दै ओलीको प्रश्न गर्नुभयो ।

पछिल्लो समय ओलीलाई नियालिरहनु भएकी करिश्मालाई एमालेप्रति लोभ्याउन ओलीको ‘परीक्षा कस्तो भइरहेको छ ?’ नै प्रमुख थियो ।

आज उहाँ एमाले प्रवेश गर्नु भएको छ । एमाले पार्टी प्रवेश गर्दै उहाँले अध्यक्ष ओली र एमालेको प्रशंसा गर्नुभयो ।  एमाले प्रवेश गर्नुको प्रमुख कारण भनेको, ओलीको व्यक्तित्व नै प्रमुख रहेको प्रष्ट पार्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा करिश्माले नेता भनेको पथप्रदर्शक हुने भन्दै ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाएको बताउनु भयो । ओलीको इनर्जी देखेर आफू ताजुब भएको समेत बताउनु भयो ।

एमालेले मुलुकको परिवर्तन र समृद्धिको एजेन्डा बोकेको पार्टी भएको भन्दै अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने गरेको समेत बताउनु भयो ।