विराटनगर – प्रदेश नं १ का प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगका सदस्यसचिव विपीनराज निरौलाले आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको हो । आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रमुख खापुङले सरकारलाई बाटो देखाउन आयोगले राम्रो काम गरेको बताउनुभयो ।
उहाँले सीमित साधन र स्रोतको बाबजुद पनि आयोगको मेहनत सराहनीय छ भन्दै प्रतिवेदनले देखाएको बाटो कार्यान्वयन गर्न सके बेरुजु कम हुने बताउनुभयो ।






प्रतिक्रिया