काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चैत्र १४ गते कपिलवस्तु जाँदै हुनुहुन्छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका चर्चित नेता बृजेशकुमार गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित ८ हजार बढीलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु जान लाग्नुभएको हो ।
यसअघि समाजसेवी मंगलप्रसाद गुप्तासहित ४ हजार बढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली तीन महिना पहिले कपिलवस्तु जानुभएको थियो ।
यो पटकको कपिलवस्तुको चुनावी सभामा ३० हजार बढी जनसहभागिता जुटाउने एमाले कपिलवस्तुको तयारी छ ।
तौलिहवामा हुने पार्टी प्रबेश कार्यक्रममा अत्याधिक जनसहभागिता दक्षिणी भेगकै हुनेगरी योजना बनाइएको छ । एमालले यो चुनावी सभाको सन्देशले कपिलवस्तुका १० वटैतहमा यसपाली जित्ने आँकलन गरेको छ ।







प्रतिक्रिया