अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यकाल सकिन लाग्दा कीर्तिपुर नगरपालिकाको काममा तिव्र गतिमा

कार्यकाल सकिन लाग्दा कीर्तिपुर नगरपालिकाको काममा तिव्र गतिमा


काठमाडौं– कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधीले आफ्नो कार्यकालको अन्त्यतिर पनि विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाएका छन् । नगरपालिकामा आज गरिएको पत्रकार सम्मेलनमा उपप्रमुख एवं प्रवक्ता सरस्वती रिजाल खड्काले दिएको जानकारी अनुसार भदौ देखि फागुनसम्ममा ५३ वटा विकासका योजना सम्झौता भएर निरन्तर काम भइरहेका छन् ।

उपप्रमुख खड्काका अनुसार सडक निर्माण,ढल निर्माण,सामुदायिक भवन निर्माण र पुनर्ममत लगायतका काममा उपभोक्ताहरुसँग मिलेर नगरपालिकाले काम गरिरहेको छ । उपभोक्ता समेतको साझेदारीमा नगरपालिकाले यी कामहरु गरिरहेको छ ।

नगरपालिकामा आज भएको पत्रकार सम्मेलनमा जनाइए अनुसार वडा नं १ मा ५ वटा योजनाका लागि ४४ लाख ६३ हजार ७ सय रुपैयाँ नगरपालिकाले व्योहोर्ने भएको छ । यसैगरी वडा नं २ का ७ वटा योजनाका लागि ३५ लाख ८७ हजार ६ सय ७६ रुपैयाँ व्योहोर्ने भएको छ । यसैगरी वडा नं ३ का ११ वटा योजनामा ५१ लाख ८३ हजार ७ सय ५० रुपैंया बजेट छुट्याइएको छ । त्यस्तै वडा नं ५ का ४ वटा योजनामा १३ लाख १३ हजार २ सय ५० रुपैंया नगरपालिकाले लगानी गर्ने भएको छ ।

वडा नं ६ का १२ वटा योजनामा ६५ लाख १८ हजार ७ सय ५० रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडा नं ७ का ३ वटा योजनामा २७ लाख ९ हजार रुपैंया बजेट विनियोजन गरिएको जनाइएको छ । यस्तै वडा नं ८ का २ वटा योजनामा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै वडा नं १० का ९ वटा योजनामा ५० लाख ९५ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।