अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने


काठमाडौ -चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने भएका छन्।
पर्यटन मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङले भर्चुअल माध्यमबाट काठमाडौँबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
वाङ तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार साँझ काठमाडौँ ओर्लदै छन्। परराष्ट्रमन्त्री डा। नारायण खड्को निमन्त्रणामा वाङ नेपाल भ्रमणमा आउन लागेका हुन्।

चिनियाँ विदेशमन्त्रीको टोली भारत हुँदै शुक्रबार साँझ काठमाडौँ उत्रनेछ। वाङ नेतृत्वको टोली हिजो सोमबारदेखि पाकिस्तान भ्रमणमा छ। पाकिस्तानबाट भारत हुँदै नेपाल आउने कार्यक्रम तय भएको हो।