अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेण्डा

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेण्डा


काठमाडौं- स्थानीय चुनावको रणनीति तयार गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज देखि सुरु हुँदैछ ।

बिहान ११ बजे कार्की व्यांक्वेट बबरमहलमा बैठक बोलाइएको छ । केन्द्रीय कार्यलय सचिव डा.भीष्म अधिकारीका अनुसार बैठक आज र भोलि चल्नेछ ।

बैठकमा बैठकमा सातैवटा प्रदेशका अध्यक्षहरूले पार्टीको वर्तमान अवस्था, स्थानीय तहमा हालको स्थिती र सम्भावित अवस्थाका बारेमा रिपोर्टिङ गर्ने तयारी छ । यसैगरी चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत विषयमा पनि छलफल गरिने छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।