काठमाडौं -नेपालको पर्यटन क्षेत्रका अग्रज का रुपमा परिचित राधेश्याम सर्राफको निधन भएको छ । ९२ वर्षको उमेरमा उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको हो ।
सर्राफले ५९ वर्षअघि भारतबाट नेपाल आएर व्यवसाय सुरु गर्नुभएको थियो ।
उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएका सर्राफ सन् १९६३ देखि काठमाडौंमा हुनुुहुन्थ्यो ।
उहाँको पार्थिव शरीर आजै काठमाडौं ल्याउने तयारी गरिएको छ । दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सर्राफका दुई छोरा छन् । सर्राफले नेपाल र भारतमा ठूला होटल सञ्चालनमा ल्याउनुभएको थियो ।
सर्राफले सन् १९७७ मा काठमाडौको दरबारमार्गमा होटल याक एन्ड यती होटल खोल्नुभएको हो ।







प्रतिक्रिया