अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले १ नं प्रदेश कमिटीमा कार्यविभाजन, को नेतालाई कुन जिम्मेवारी ?

एमाले १ नं प्रदेश कमिटीमा कार्यविभाजन, को नेतालाई कुन जिम्मेवारी ?


विराटनगर- नेकपा एमाले प्रदेश नं १ ले कमिटीलाई पूर्णता दिएर सबै पदाधिकारी र सदस्यहरुको कार्यविभाजन पनि गरेको छ ।

पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनका अनुसार प्रदेश कमिटीमा ४७ जना नयाँ सदस्य मनोनित गरेर कमिटीलाई पूर्णता दिइएको अध्यक्ष तुलसीप्रसाद नेउपानेले जारी गरेको अपानिमा उल्लेख छ । यसैगरी अध्यक्ष नेउपानेको अध्यक्षतामा ९८ सदस्यीय सचिवालय पनि गठन गरिएको छ । बैठकले विभिन्न जिल्ला र संघीय र प्रदेश निर्वाचन क्षेत्रमा इन्चार्जहरुको पनि जिम्मेवारी बाँडफाँड गरेको छ ।

बैठकले सल्लाहकार परिषद र ज्येष्ठ कम्यूनष्टि मञ्च गठन गरेर पुराना एमाले नेताहरुलाई पनि संगठित गरेको छ ।

पार्टीले ३२ वटा विभागमा प्रमुख र उपप्रमुखहरु तोकेको छ । जसमा अर्थ तथा योजना विभागको प्रमुखमा पूर्णबहादुर लक्सम, उर्जा जलस्रोत तथा सिचाई विभागमा वीरेन्द्र केसी, कानुन विभागमा राजेश सुब्बा, प्रचार तथा प्रकाशन विभागमा घनश्याम खतिवडा र उपप्रमुखहरुमा किशोर कुमार कार्की र यज्ञ शर्मालाई जिम्मेवारी दिइएको छ । पार्टीले सबै जनसंगठनका इन्चार्जहरु पनि तोकेको छ ।

सचिव चिन्तन पाठकका अनुसार विभागहरुलाई पनि अब चाँडै पूर्णता दिने, इन्चार्जहरुलाई सम्बन्धित संगठनका बैठकहरु बोलाउने निर्देशन गर्ने र सबै जनसंगठनलाई चुनाव केन्द्रीत कार्ययोजना बनाएर अघि बढ्न निर्देशन गरिएको छ ।