अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन महिनामै एमालेमा थपिए ३ लाख सदस्य

तीन महिनामै एमालेमा थपिए ३ लाख सदस्य


काठमाडौं– तीन महिनामा नै एमालेमा तीन लाख पार्टी सदस्य थपिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका अनुसार महाधिवेशनमा ८ लाख ५५ हजार सदस्य रहेकोमा अहिले थपिएर ११ लाख नाघेको छ ।

अध्यक्ष ओलीले पार्टीमा उत्साहजनक सहभागिता बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले पार्टीका गतिविधि र विवरणलाई चुस्त राख्न जिल्ला कमिटीमा एक जना आईटी विज्ञ राख्ने निर्णय भएको बताउनुभयो ।

एमालेमा पछिल्ला साता पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरसहितका ठूलो संख्यामा जनप्रतिनिधि प्रवेश गरेका छन् ।