अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको केन्द्रीय कमिटी बैठक स्थनीय तह निर्वाचन लगायत ११ वटा एजेण्डामा केन्द्रीत

एमालेको केन्द्रीय कमिटी बैठक स्थनीय तह निर्वाचन लगायत ११ वटा एजेण्डामा केन्द्रीत


काठमाडौं -आज देखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा ११ वटा एजेण्डामा छलफल केन्द्रीत हुने भएको छ ।
पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीका विभागहरुको गठन देखि स्थानीय तह निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया आदि रहेका छन् । त्यसैगरी स्थानीय तह निर्वाचनको घोषणा पत्र तयारी देखि निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका आदि जस्ता विषयहरु समेटिएका छन् । आज र भोली हुने बैठकमा अन्य के के एजेण्डा छन् त हेर्नुहोस ।

केक बैठकका कार्यसूची
१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको बार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध