काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेशलाई निषेध गर्दै बनेको सरकार र वर्तमान गठबन्धनका नेताहरु उल्टो बाटोमा हिँडिरहेको बताउनु भएको छ ।
केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीको यस्तो टिप्पणी गर्नु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मुलुकलाई सहमति र समझदारीतिर होइन, द्वन्द्व र ध्रुवीकरणतिर धकेलिरहेका छन् । प्रतिपक्षलाई समाप्त पार्ने, धुलोपिठो पार्ने, बदला लिने जस्ता सत्तारुढ नेताहरुका अलोकतान्त्रिक अभिव्यक्तिले उनीहरुमा न्यूनतम लोकतान्त्रिक आचरण समेत नभएको स्पष्ट पारेको छ । सामाजिक फासीवादतिर अग्रसर हुँदै गरेको संकेत गरेको छ ।’







प्रतिक्रिया