अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय कमिटीमा प्रदेश अध्यक्षहरुको रिर्पोटिङः एमाले थप बलियो भएको छ

केन्द्रीय कमिटीमा प्रदेश अध्यक्षहरुको रिर्पोटिङः एमाले थप बलियो भएको छ


काठमाडौं – एमाले केन्द्रीय कमिटी बैठकमा सातवटै प्रदेशका अध्यक्षहरुले पार्टीको स्थिती थप मजवुद भएको उत्साहजनक प्रतिवेदन पेश गरेका छन् ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मुख्य चार कारण देखाएर उनीहरुले एमाले २०७४ को चुनाव भन्दा थप बलियो भएको बताएका हुन् ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रदेशगत रुपमा पार्टीको अवस्था जानकारी गराउदै अध्यक्षहरुले गत निर्वाचनमा भन्दा यस वर्षको निर्वाचनमा पार्टी थप उपलब्धी हासिल गर्ने बताएका छन् ।

प्रदेश अध्यक्षहरु क्रमश प्रदेश नं १ का अध्यक्ष तुल्सी नेउपाने, मधेसका राअवतार यादव, बागमतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोद कुमार शाह र सुदुरपश्चिमका दामोदर भण्डारीले समान प्रकारका तर्क राख्नुभएको छ ।

रिजालका अनुसार आगामी स्थानीय निर्वाचनमा एमाले लोकप्रियताका साथ पहिलो शक्ति हुन्छ,पार्टीप्रति तीव्र जनआकर्षण छ । आधारभूत तहदेखि नै पार्टीका कमिटीहरु चलायमान छन् र फूटको असर अत्यन्त न्यूनमात्र देखिएको छ ।