काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई रित्ता भाँडो बनाएरै छाड्ने दाबी गर्नुभएको छ ।
पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले संसद विघटन आफ्नो बाध्यात्मक भएकोले कदम चालेको बताउनु भयो ।
तत्कालीन नेकपा रहेका बेला एकजना कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का नेता माधवकुमार नेपालसँग मिलेर पार्टी कब्जा गर्न खोजेपछि संसद विघटनको बाध्यात्मक कदम चाल्नु परेको अध्यक्ष ओलीले बताउनु भयो ।
उहाँले पार्टीलाई प्रचण्डको कब्जामा जान नदिन पुस ५ गते पहिलो पटक संसद् विघटन गर्नु जरुरी रहेको पनि उल्लेख गर्नुभयो।
नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीबाट भएको संसद विघटनलाई कुनै पनि हालतमा सही ठहर्याउन नसकिने बताइरहनु भएको छ ।
यही सन्दर्भमा ओलीले भुसाललाई जवाफ दिँदै प्रचण्डका मान्छे एमालेमा ल्याएर भाँडो रित्तो बनाइदिने पनि बताउनु भयो । त्यसपछि मात्रै रित्तिएको भाँडोसहित आएमा प्रचण्डलाई पार्टीमा स्वागत गर्न आफू तयार रहेको पनि ओलीले बताउनु भयो ।
‘पार्टीलाई जोगाउन पुस ५ गते संसद् विघटन गर्नु जरुरी थियो। पार्टी कब्जा गर्न माधव नेपालसँग मिलेर प्रचण्डले षड्यन्त्र गरेका थिए। त्यहीकारण संसद् विघटन गर्नु परेको हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यो बाध्यात्मक कदम थियो।’







प्रतिक्रिया