अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटि बैठकः ११ एजेण्डा प्रवेश, ९ वटामा भोली छलफल हुने

एमाले केन्द्रीय कमिटि बैठकः ११ एजेण्डा प्रवेश, ९ वटामा भोली छलफल हुने


काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको दुई दिने केन्द्रीय कमिटि बैठकमा ११ अजेण्डामाथि छलफल अघि बढाइएको छ ।

बैठकमा भोली ९ वटा एजेण्डामा छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

‘आजको बैठकमा ११ वटा एजेण्डा पेश भएको छ । ९ वटा एजेण्डामा भोली बस्ने बैठकमा छलफल हुन्छ,’ गुरुङले भन्नुभयो ।

बैठकका एजेण्डामा सात वटा प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेश गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने, विभागहरुको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय निकायको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायतका रहेका थिए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।