चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन दाबी गर्नुभएको छ ।
बिहीबार गृह जिल्ला चितवन आएका प्रचण्डले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उहाँले अहिले पनि गठबन्धन भइरहेको र तीन तहकै चुनावमा हुने बताउनुभयो ।
चितवन कांग्रेसले गठबन्धन हुँदैन भने पनि केन्द्रबाटै गठबन्धन हुने उहाँले बताउनुभयो । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’





प्रतिक्रिया