अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग एक्लै चुनाव लड्न गाह्रो छ,त्यसैले गठबन्धन हुन्छ : प्रधानमन्त्री पत्नी आरजु

एमालेसँग एक्लै चुनाव लड्न गाह्रो छ,त्यसैले गठबन्धन हुन्छ : प्रधानमन्त्री पत्नी आरजु


कैलाली – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाले नेकपा एमालेसँग एक्लै लड्न कठिन भएकाले चुनावमा गठबन्धन हुने बताउनुभएको छ। उहाँले विगतमा कांग्रेसले भोगेको समस्या सबैलाई थाहा नै भएकाले गठबन्धनको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

आज धनगढीमा प्रेस युनियन कैलालीले गरेको पत्रकार भेटघाटमा राणाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताउनुयभो । उहाँले भन्नुभयो , ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो पूर्व सम्झौता नै छ । काम पनि त्यही अनुरूपले भइरहेको छ । हामी गठबन्धनसहित चुनावमा जाने हो ।’