अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महराका स्वकीय सचिव प्रमोद शर्मा दम्पती नै एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत

महराका स्वकीय सचिव प्रमोद शर्मा दम्पती नै एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत


काठमाडौं– माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

काठमाडौंमा भएको एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै शर्मा आफ्नी पत्नी सीता चौधरीसहित एमाले प्रवेश गर्नुभएको हो ।

शर्मा माओवादी केन्द्र तुलसीपुर, दाङ उपमहानगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । चौधरी पनि प्रदेशस्तरीय नेता हुनुहुन्छ ।

पार्टी विचलमा फसेको भन्दै शर्माले माओवादी परित्याग गर्नुभएको थियो ।