अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोस्रो दिन पनि एमाले केन्द्रीय कमिटी बैठक सुरु

दोस्रो दिन पनि एमाले केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि सुरु भएको छ ।

बबरमहलस्थित एक बैंक्वेटमा बुधबारदेखि सुरु भएको बैठकको दोस्रो दिन आज एजेन्डामा छलफल हुँदैछ ।

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस भएको थियो भने प्रदेशगत रिपोर्टिङ प्रस्तुत गरिएको थियो ।

बैठकका एजेण्डामा सात वटा प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेस गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेस गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने, विभागहरुको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय निकायको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायत छन् ।

बैठक सुरु हुनुअघि पार्टी प्रवेश तथा पुस्तक विमोचन कार्यक्रम भएको थियो ।