काठमाडौं– पार्टी प्रवेश गर्न एमाले बैठकस्थलमा भीड लागेको छ ।
केन्द्रीय कमिटी बैठक भइरहेको कार्की बैंक्वेटमा ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको भीड लाग्यो ।
एमाले नेता देवेन्द्र दाहालका अनुसार पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा, प्रदेश कमिटी सदस्य सीता चौधरीसहित सोलुखुम्बु, दाङ, काठमाडौंलगायतका जिल्लाबाट माओवादी केन्द्र, राजपालगायतका पार्टी परित्याग गरी ३ सय जना एमाले प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।







प्रतिक्रिया