अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र आगामी वैशाख ९ गते सार्वजनिक गर्ने

एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र आगामी वैशाख ९ गते सार्वजनिक गर्ने


काठमाडौँ – नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने भएको छ ।

आगामी ३० वैशाखमा एकैपटक हुने स्थानीय तहको निर्वाचनको २१ दिनअघि अर्थात् पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणा पत्र र स्थानीय प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले केन्द्रीय तहबाट चुनावी घोषणा पत्र बनाउने तथा पालिका तहले अलग्गै प्रतिबद्धता पत्र बनाउनु पर्ने प्रस्ताव गरेका गर्नुभएको छ, जसलाई आजैको बैठकले अनुमोदन गराउने छ ।

‘पार्टीको केन्द्रीय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरू, आगामीमा कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न राष्ट्रिय स्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धि सम्बन्धी हाम्रो परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणा पत्र सार्वजनिक गर्ने, यो काम पार्टी स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन गर्ने’ अध्यक्ष ओलीले केन्द्रीय कमिटीले गर्नुपर्ने कार्यका बारेमा प्रस्ताव गर्नुभएको छ ।

‘केन्द्रीय नीतिको मार्गदर्शन र केन्द्रले तयार गरेको ढाँचामाथि आधारित रहेर स्थानीय तहमा हाम्रा उपलब्धि, हामी पराजित भएका ठाउँमा विगतमा हामीले गरेको प्रतिबद्धता र विपक्षीले विजय हासिल गरेको कारण त्यसमा आएको अवरोध समेतलाई समेटेर आगामी लक्ष्य र कार्य योजनासहितका प्रतिबद्धता पत्र तयार गर्ने” पनि अध्यक्ष ओलीको प्रस्तावमा उल्लेख छ ।

अध्यक्ष ओलीले स्थानीय प्रतिबद्धता पत्र भने प्रत्येक पालिकाले आफैँले निर्माण गरी आगामी वैशाख ९ गते सार्वजनिक गर्नुपर्ने उल्लेख गर्नुभएको छ  ।