अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुरका व्यापारी जीवन श्रेष्ठसहित कांग्रेस र माओवादीका १५ जना एमालेमा प्रवेश

भोजपुरका व्यापारी जीवन श्रेष्ठसहित कांग्रेस र माओवादीका १५ जना एमालेमा प्रवेश


भोजपुर – भोजपुर सदरमुकास्थित भोजपुर बजारका पुराना व्यवसायी जीवन श्रेष्ठसहित कांग्रेस र माओवादीका १५ जना नेकपा एमाले प्रवेश गरेका छन् । यसअघि कांग्रेसमा आवद्ध रहनु भएका श्रेष्ठ भोजपुरका पुराना स्टेशनरी एवं मुद्रण व्यवसायी हुन् ।

भोजपुर नगरपालिका-७ को वडा भेला कार्यक्रममा जीवनसहित गोविन्द सुन्दास, सन्तोष सुन्दास, राजकुमार तामाङ, दीपक तामाङ, सुमन मंग्राती, राजु प्रधान नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।

एमाले प्रवेश गर्नेहरूमा कांग्रेसका पुराना नेता हरिकुमार राई, पृतमा राई, यज्ञकुमारी चर्मकारी, बाबुराम राई, चन्द्रकुमार राई, माओवादीका मोहनलाल गिरी, रमेश नेपाल, नरबहादुर प्रधान, दिपिराज राई प्रवेश गर्नुभएको छ ।

यस वडामा माओवादीबाट निर्वाचित अध्यक्ष सूर्य नेपालसहित माओवादी र विभिन्न पार्टीका ७० जनाभन्दा बढी कार्यकर्ता यसअघि नै एमाले प्रवेश गरिसकेका छन् ।

उहाँहरूलाई एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मक्कर खड्का, प्रदेश सदस्य एवं गाउँपालिका प्रमुख धुर्वराज राई, प्रदेश सदस्य थमानसिं राईलगायतले स्वागत गर्नुभयो ।