काठमाडौं -स्थानीय तहको निर्वाचनको घोषणा पत्रको सुझाव लिनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते ७ सय ५३ वटै स्थानीय तहका प्रतिनिधीहरुसँग भर्चुअल बैठक गर्नुहुने भएको छ ।
आज सकिएको केन्द्रीय कमिटीका बैठकका निर्णयहरु सुनाउदै प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार सो जानकारी दिनुभएको हो । सबै पालिकाहरुका जनप्रतिनिधीहरुको सुझावका आधारमा स्थानीय तह निर्वाचनको घोषणा पत्र तयार गरिने भएको छ । चैत मसान्तसम्ममा घोषणा पत्रलाई अन्तिम रुप दिने रिजालले जानकारी दिनुभयो । बैशाख ९ गते घोषणा पत्र सार्वजनिक गरिने एमालेले जनाएको छ ।








प्रतिक्रिया