अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचन : अछाममा कुन दलको अवस्था कस्तो ?

स्थानीय तह निर्वाचन : अछाममा कुन दलको अवस्था कस्तो ?


अछाम – आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनका लागि अछाममा राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन्।

अछाममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,  नेकपा एकीकृत समाजवादीसहितका दलहरू निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार अछाममा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा देखिन्छन् । अछामका १० वटा स्थानीय तहमा कांग्रेसले पाँचवटा, एमालेले तीनवटा र माओवादी केन्द्रले दुईवटा स्थानीय तहमा प्रमुखमा जित हात पारेका थिए । त्यस्तै ९१ वटा वडामध्ये कांग्रेसले ४८, एमालेले ३६ र माओवादी केन्द्रले सातवटा वडामा विजयी हासिल गरेको थियो।

अछाममा कम्युनिष्ट पार्टी विभाजित हुँदा त्यसको फाइदा कांग्रेस पाएको छ । कम्युनिष्ट पार्टी बहुमतलाई गुम्न नदिनको लागि आन्तरिक प्रयासरत छन् ।

पार्टी विभाजन व्यहोरेको एमालेलाई आगामी स्थानीय तहको निर्वाचनमा त्यसको असर कति पर्ने हो भन्ने प्रस्ट छैन । एमाले विभाजन भएर बनेको दल  एकीकृत समाजवादीले सबै तहमा कमिटी बनाएर चुनावी तयारी थालेको छ ।

एकीकृत समाजवादीमा एमालेकै पूर्व कार्यकर्ता रहेका कारण पनि सो पार्टीले एमालेकै मत खोस्ने निश्चित छ । यो अवस्थामा एमालेका लागि जित त्यति सहज नहुने आंकलन गरिएको छ । कांग्रेसमा अन्तर्घात पनि पुरानै रोगका रुपमा देखिन्छ । एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टी जनताबीच परीक्षण हुने तयारीमा छ ।