काठमाडौं – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै माला र खादाको प्रयोगमा रोक लगाएको छ । यसैगरी एमालेका चुनाव केन्द्रीत कार्यक्रममा पाँच जना भन्दा बढीले बोल्न नपाउने भएका छन्।
विदेशबाट आयात हुने माला र खादाको यसक्रममा धेरै खपत हुने भएकाले त्यसलाई घटाउन अध्यक्ष केपी शर्मा ओलीले यस्तो निर्देशन दिनु भएको हो ।
सार्वजनिक कार्यक्रममा वक्ताको लर्को लगाएर भद्दा बनाउने भएकाले वक्ता तय गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनु भयो ।







प्रतिक्रिया