काठमाडौं – नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगगरका प्रमुख-उपप्रमुखका उम्मेदवार केन्द्रले नै चयन गर्ने भएको छ । अन्य उम्मेद्वारको नाम भने तल्ला कमिटीबाट चयन गरिने तर केन्द्रले चाहेमा नाम फेर्न सक्ने छ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेट जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिश र चयनका बारेमा ६ वटा मापदण्ड प्रस्तुत भएको हो।
एमालेले उम्मेदवार बन्नका लागि मापदण्ड बनाइएको छ। जबजको सैद्धान्तिकभित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेशी प्रतिनिधित्व हुनेगरी उम्मेदवार सिफारिश गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनेबारे छलफल जारी छ।
एमालेबाट स्थाीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मुल्यांकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता एवम् सुशासन र विकासप्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउने मापदण्ड बनाएको हो।
“स्थानीय तहको कमिटी तथा जिल्ला र प्रदेश कमिटीको सिफारिशमा केन्द्रीय कमिटीले महानगरका प्रमुख र उपप्रमुख चयन गरी उम्मेदवार खडा गर्नेछु,” बैठकमा एमाले अध्यक्ष ओलीले बताएको एक केन्द्रीय सदस्यले जानकारी दिनु भयो ।
एमालेले उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार चयनको निर्णय गर्ने अधिकार जिल्ला कमिटीलाई प्रदान गर्ने भएको छ।







प्रतिक्रिया