अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पल शाह विरुद्धको थुनछेक बहस सकियो, आदेश आजै आउने

पल शाह विरुद्धको थुनछेक बहस सकियो, आदेश आजै आउने


काठमाडौं – नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ ।

थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताउनु भयो । उहाँले भन्नुभयो,  ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’

उहाँका अनुसार जाहेरवालाको पक्षबाट दुईजना सरकारी वकिलसहित नौजना कानुन व्यवसायीले बहस गर्नु भएको थियो । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उहाँले जानकारी दिनुभयो ।

जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीनजनाले बहस गरेका थिए । तेस्रो कानुन व्यवसायीको बहसबाट बिहीबार सुरु भएको हो ।

बुधबारदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो ।