अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचनका लागि दुई  करोड मतपत्र छापिने

स्थानीय तह निर्वाचनका लागि दुई  करोड मतपत्र छापिने


काठमाडौं – स्थानीय तह निर्वाचनका लागि करीब २ करोड मतपत्र छापिने भएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो।

अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने बताउनु भयो ।

अन्तिम मतदाता नामावलीको करिब १० देखि १५ प्रतिशत थप मतपत्र छाप्नुपर्ने उहाँको भनाइ छ । ‘विभिन्न कारणको जोखिमलाई मध्यनजर गरेर केही बढी छाप्नुपर्ने हुन्छ । त्यसैले करिब दुई करोड मतपत्र छाप्छौं,’ सहायक प्रवक्ता अर्यालले भन्नुभयो । त्यसका लागि जनक शिक्षा सामाग्री केन्द्रसँग छलफल चलिरहेको बताउनु भयो ।

‘जनक शिक्षा सामाग्री केन्द्रसँग मतपत्र छपाई गर्नेबारे छलफल भइरहेको छ । जनक शिक्षाले छाप्न नसकेमा अर्को विकल्प पनि हुनसक्छ,’ उहाँले बताउनु भयो ।