अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म समाजबाट परिचालित हुँ, एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत

म समाजबाट परिचालित हुँ, एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत


काठमाडौं – गायक तथा मोडल प्रकाश सपुतले आफू समाजबाट परिचालित भएर ‘पिर’ गीत सार्वजनिक गरेको बताउनु भएको छ ।

पिर गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उहाँले आफू समाजबाट परिचालित भएको जवाफ दिनु भएको हो ।

आज पत्रकार सम्मेलन गरेर उहाँले आफू समाजबाट परिचालित हुने गरेको र अन्य शक्तिले आफूलाई परिचालित गर्न नसक्ने बताउनु भयो । विवादपछि पिर गीतको भिडियोको केही दृश्य हटाएर पुनः युट्युबमा अपलोड गरिएको विषयमा गायक तथा मोडल सपुतले आफूले कसैसँग डराएर गीतको भिडियो डिलिट नगरेको जवाफ दिनु भयो ।

सुरुमा अपलोड गरिएको भिडियोलाई प्राइभेट गर्दै माओवादी युद्धमा होमिएको पात्र देहव्यापारमा संलग्न भएको दृश्य हटाएर पुन:भिडियो अपलोड गरेका गायक सपुतले युद्धमा होमिएको पीडित समूहले चित्त दुखाएपछि आफू सोच्न बाध्य भएको जवाफ दिनुभयो । भिडियो सम्पादन गरेर पुनः अपलोड गरे पनि आफूले गीतमार्फत दिन खोजेको सन्देश यथावत रहेको उहाँको भनाइ छ ।