अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आदिवासी जनजाति महासंघको १०औं महाधिवेशनमा कांग्रेस–एमालेबीच गठबन्धन हुने

आदिवासी जनजाति महासंघको १०औं महाधिवेशनमा कांग्रेस–एमालेबीच गठबन्धन हुने


काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट संगठनबीच गठबन्धन हुने भएको छ ।

नवलपरासीमा जारी महासंघको १०औं महाधिवेशनमा नेतृत्व छान्ने तयारी भइरहँदा एमाले र कांग्रेसले एउटै ‘प्यालन’ बनाएर चुनाव लड्ने तयारी गरेका हुन् ।

एमाले नेता पासाङ शेर्पाले एमाले र कांग्रेस निकट संगठनबाट एउटै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने गरी छलफल भइरहेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘सबै टुंगिसकेको छैन, अहिले छलफल गरिरहेका छौं ।’  

महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार नै उम्मेदवारको मनोनयन दर्ता हुने छ ।

कांग्रेस र एमालेले एउटै प्यानल बनाउने भएपछि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी निकट संगठनको अर्को प्यानल बनाउने तयारी भइरहेको छ ।

महासंघको चुनावमा यसअघि पनि एमाले र कांग्रेस एकै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने गरेका थिए ।