अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा गठबन्धन गर्दैनौं, कतै तालमेल हुन सक्छ : ईश्वर पोखरेल

चुनावमा गठबन्धन गर्दैनौं, कतै तालमेल हुन सक्छ : ईश्वर पोखरेल


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने बताउनु भएको छ ।

स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महसुस गरेको खण्डमा तालमेल गर्न सकिने उहाँले बताउनु भयो ।

आज पार्टी केन्द्रिय कमिटी बैठक सम्पन्न भएलगत्तै उहाँले एमालेलाई निर्वाचनमा अरुको वैशाखीको जरुरी नभएको जिकिर गर्नुभयो ।

‘हामीले स्पष्ट भनेका छौं– निर्वाचनलाई ध्यानमा राखेर कुनै गठबन्धन बनाउँदैनौं । हामी हाम्रो खुट्टामाथि विश्वास गर्छौ । भुईं टेकेको खुट्टाहरुमाथि विश्वास छ । हामी त्यसैमा उभिएर निर्वाचनको प्रतिस्पर्धामा सामेल हुन्छौं’ उहाँले भन्नुभयो, ‘कतिपय ठाउँमा स्थानीयमा आवश्यकताको आधारमा सिट एरेन्जमेन्ट हुन सक्छ । त्यो अलग कुरा भयो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रिय कमिटी बैठक स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेल भन्नुहुन्छ, ‘निर्वाचन एउटा ठूलो लडाईँ हो । यो मुलुक दुईवटा ध्रुवमा ध्रुवीकृत छ। यो लडाइँमा हामीले जित हासिल गर्नुपर्छ भन्ने मानसिकताका साथ हामीहरु बैठक सम्पन्न गरेर निस्केका छौं।’