अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज उदयपुर जाँदै, अस्पताल उद्घाटन र बृहत् जनसभालाई सम्बोधन गर्ने

अध्यक्ष ओली आज उदयपुर जाँदै, अस्पताल उद्घाटन र बृहत् जनसभालाई सम्बोधन गर्ने


काठमाडौ- मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै हुनुहुन्छ । त्रियुगाा नपा १०मा स्थपना भएको आँखा अस्पतालको दिउसो १२.३० अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो । अस्पताल ३० बेडको छ ।


उदयपुरमै आज एमालेले बृहत् जनसभाको पनि आयोजना गरेको छ । सो जनसभामा अधयक्ष ओलीले विभिन्न पार्टी त्यागेका कम्तीमा १ हजार ५ सय जना भन्दा बढी कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।