अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली कर्णाली केन्द्रीत,दुई हप्तामा चारवटा आमसभालाई सम्बोधनको तयारी

अध्यक्ष ओली कर्णाली केन्द्रीत,दुई हप्तामा चारवटा आमसभालाई सम्बोधनको तयारी


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका विकट क्षेत्रका विविध कार्यक्रममा सहभागी हुनुहुने भएको छ । दुई हप्ताका बीचमा उहाँले जुम्ला,कालिकोट र हुम्लाका दुईवटा गरी चारवटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
एमाले केन्द्रीय सदस्य नगिन्द्र शाहीका चैत १७ गते जुम्लाको सिँजा उपत्यामा नेपाली काँग्रेस र नेकपा माओवादी विप्लव समुहका नेताहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम छ । सोही दिन कालीकोटको सदरमुकाम मान्मामा पनि पार्टी प्रवेश सहित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको शाहीले जानकारी दिनुभयो ।
यसैगरी बैशाखको ४ गते अध्यक्ष ओलीले कर्णालीको विकट हिमाली जिल्ला हुम्लाका दुईवटा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले हुम्लाको सदुरमुकाम सिमिकोट र अदानचुली गाउँपालिकामा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले हुम्लाले जनाएको छ ।