अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसले वेवस्ता गरे माओवादी -समाजवादी चुनावी गबठन्धन हुन्छ : जगन्नाथ खतिवडा

काँग्रेसले वेवस्ता गरे माओवादी -समाजवादी चुनावी गबठन्धन हुन्छ : जगन्नाथ खतिवडा


काठमाडौं -नेपाली काँग्रेसले चुनावी गठबन्धन गर्न आलटाल गरेपछि माओवादी र समाजवादीले आपसमा गठबन्धन गर्ने छलफल अघि बढाएका छन् ।
यनेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले चुनावी तालमेलमा नेपाली कांग्रेस सहभागी नभए जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग गठबन्धन हुने बताउनुभएको छ ।
जनकपुरस्थित नेकपा एसको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले कांग्रेसका केही नेता गठबन्धनको विपक्षमा रहे पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताउनुभयो ।
खतिवडाले भन्नुभयो ‘कांग्रेस गठबन्धनको विपक्षमा रहेको पनि भन्न नसकिने अवस्था छ । केन्द्रीय कमिटीको बैठकले आधारभूत निर्णय लिएपछि प्रक्रिया अगाडि बढ्छ ।’
कांग्रेस गठबन्धन नगर्ने निर्णय गरेमा मधेसमा जसपा र माओवादी केन्द्रसँग गठबन्धन हुने खतिवडाले बताउनुभयो ।

‘राजनीतिक स्थिरता, प्रतिगमन विरुद्ध, लोकतन्त्रको पक्ष र संविधानको रक्षाका लागि गठबन्धन बनाएका थियौं’, खतिवडाले भन्नुभयो, ‘अहिले पनि प्रतिगमनकारीहरू षड्यन्त्र गरिरहेका छन् । त्यसैले त्यस्तो षड्यन्त्रकारीलाई परास्त गर्न राष्ट्रका लागि आज पनि गठबन्धनको आवश्यकता छ ।’