अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२३२ मेट्रिक टन रासायनिक मल भित्रियो

२३२ मेट्रिक टन रासायनिक मल भित्रियो


सिन्धुपाल्चोक -तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो ।

 बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण  गरी राजधानी पठाइएको  तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिनुभयो । 

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो ।

बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ ।