अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एन आई सी एशिया बैंकमा खाता खोल्दाका फाइदाहरु के–के छन्, जुन अन्य बैंकमा छैनन् (विस्तृत विवरणसहित)

एन आई सी एशिया बैंकमा खाता खोल्दाका फाइदाहरु के–के छन्, जुन अन्य बैंकमा छैनन् (विस्तृत विवरणसहित)


बचत खातामा सर्वाधिक उच्च ब्याजदरको अलावा रु. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेका छन्

काठमाडौं–तपाईंले दुःख गरेर कमाएको रकमको बचत गर्दा सवार्धिक फाइदा हुनेगरी जम्मा गर्ने उद्देश्य राख्नु स्वभाविक हो। त्यसैले कुन बैंकले बचतमा उच्चतम प्रतिफल दिँदै छन् भन्ने कुराको हेक्का समेत राख्न जरूरी हुन्छ । किनकी आफ्नो बचतको सहि रूपमा उपयोग गर्दा त्यसले दिने फाइदा आफ्नै लागि हो भन्ने कुरा सबैले बुझिसकेका छौं ।

यो विचार तपाईंमा आइसकेपछि तपाईंले बचतको लागि कुन बैंकले राम्रो प्रतिफल दिएको छ भनेर अध्ययन भने गर्नैपर्छ । यस लेखमा हामीले तपाईंलाई एउटा यस्तो बचत खाताको बारेमा जानकारी दिन्छौं जसको अध्ययनबाट तपाईंले बचत खातामा प्राप्त गर्ने उच्चतम फाइदाजनक विवरण जानकारी पाउन सक्नुहुनेछ । देशको रहेका लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खातामा तपाईंले सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू प्राप्त गर्न सक्नुहुनेछ । बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी एवं बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी ल्याएको यस बचत खातामा सर्वाधिक उच्च ब्याजदरको अलावा रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् । यतिसम्मको फाइदा नेपालका अन्य बैंक तथा वित्तीय संस्थाहरुले दिएका छैनन् ।

निक्षेप योजनाहरूलाई निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहे अनुरुप बैंकले खातामा उपलब्ध फाइदालाई ५ वर्ष अवधिको लागि निःशुल्क प्रदान गरिरहेको छ । साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहक महानुभावहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।

स्विप–इनरस्विप–आउट सुविधा

एन आई सी बैंकले ग्राहकको मेहनतको कमाइमा बैंकले उच्चतम प्रतिफल दिने सोच अनुरुप बचत खातामै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने योजना स्विप इन-स्विप आउट सुविधा प्रदान गरेको छ । यस सुविधा अन्तर्गत खातावालाको बचत खातामा कुनै पनि दिन रु. २ लाख भन्दा बढी रकम मौज्दात भएमा, उक्त बढी रकमलाई रु. १० हजारले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्ने जनाएको छ । ‘सो रकममा मुद्दती खाताकै सरह वार्षिक उच्चतम ब्याजदर खातावालालाई उपलब्ध गराइनेछ । जसकारण बचतकर्तालाई बचत खातामै राखेको रकममा मुद्दती निक्षेपको ब्याजदर प्राप्त हुन्छ,’ स्विप–इन/स्विप–आउट सुविधाबारे बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने भन्नुहुन्छ, ‘यसरी प्राप्त हुने लाभ बचत खाताको भन्दा करिब ४३ प्रतिशत बढी हुने गर्दछ । यस सुविधाले गर्दा खातावालाले मेहनत गरेर कमाएको रकममा सर्वाधिक उच्च ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ । मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम यहाँको आवश्यकता अनुसार बिना झन्झट सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिने व्यवस्था समेत रहेको छ । यदि ग्राहकले तीन महिना अगावै ९म्याच्युरिटी हुनु अघि० रकम स्विप आउट अथवा झिक्नुभएको खण्डमा सो रकममा बचत खाताकै ब्याजदर प्राप्त हुनेछ ।’

बीमा सम्बन्धी फाइदा के छ ?

एन आई सी बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अनुसार खाता खोल्ने ग्राहक महानुभावहरूले ८४ लाखसम्मको बीमा फाइदा प्राप्त गर्न सक्ने जनाएको छ । गुडविल एम्बेसडर श्रेणीको खातावाला र निजबाट मनोनीत ३ अन्य व्यक्तिहरू गरी कुल ४ जनाले प्रतिव्यक्ति रु. २१ लाखसम्मको बीमा फाइदा प्राप्त गर्नुहुनेछ । जसअन्तर्गत रु. २१ लाखसम्मका ३ वटा बीमा रहेका छन् । न्यौपानेले भन्नुभएको छ, ‘एक दुर्घटनाबाट पूर्ण शारीरिक अशक्तता वा मृत्यु भएमा रु. १० लाखको दुर्घटना बीमा, दुई १८ वटा विभिन्न घातक रोगहरूको उपचारका लागि रू.१० लाखको घातक रोग बीमा र तीन, मेडिकल जाँच वापत रु.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सम्मको मेडिकल बीमा ।’

बीमा फाइदाहरू वापत लाग्ने प्रिमियम बैंक स्वयंले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई तिर्ने जनाएको छ । २०७५ चैत्र २० देखि बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने योजना अनुरुप हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहक महानुभावहरूलाई बीमा वापत रू.४ करोड ३० लाख भन्दा बढी रकम सहज रुपमा भुक्तान गरिसकेको बैंकले जनाएको छ ।

सर्वश्रेष्ठ मासिक निक्षेप खाता

एन आई सी बैंकमा बचत खाता भएका ग्राहकहरुले एक निर्देशनको आधारमा मासिक निक्षेप खातामा रकम स्थानान्तरण गर्न सक्नुहुनेछ र सो खातामा उच्चतम ब्याजदर प्राप्त गर्न सक्नेछन् ।

‘ग्राहक महानुभावले आफ्नो बचत हरेक महिना कति रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने भनेर बैकको शाखामा गएर एक पटक निर्देशन दिनु पर्दछ । ट्रान्सफर गरिने रकम रू. ५०० का दरले गुणन गरेर हुन आउने रकम (जस्तै रू. ५००, रू.१०००, रू. १,५०० आदिको अनुपातमा) तय गर्न सकिन्छ । मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ,’ बैंकले आफ्नो प्रेस नोटमा भनेको छ, ’साथै ग्राहक महानुभावले चाहेको समयमा आफैले खाताबाट मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकको प्रयोग गरी वा काउन्टरबाट थप रकम मासिक निक्षेप खातामा जम्मा गर्न सक्नुहुन्छ । मासिक निक्षेप खातामा खाता खोल्दाको बखत प्राप्त हुने ब्याजदर पूरा अवधिभरी परिवर्तन हुने छैन ।’

पोर्टफोलियो म्यानेटमेन्ट सर्भिसेस्

सर्वश्रेष्ठ बचत तथा मुद्दती खाताका निक्षेपकर्ताहरूले यस बैंकको सहकार्यमा एन आई सी एसिया क्यापिटलले उपलब्ध गराएको पोर्टफोलियो म्यानेटमेन्ट सर्भिसेस् सहुलियत शुल्कमा उपभोग गर्न सक्ने सेवा रहेको बैंकको भनाइ छ । जसमा निक्षेपकर्तासँग भएको पूँजीलाई व्यवस्थापन गरी शेयर बजार, म्युचुअल फन्ड, आदीमा लगानी गरी उच्च प्रतिफल प्राप्त गर्दछन् ।

पूर्वस्वीकृत कर्जा सुविधा

सर्वश्रेष्ठ बचत खाताका बचतकर्ताहरूले आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जा सुविधा नेपाल राष्ट्र बैंक तथा यस बैंकको विद्यमान व्यवस्थाको पालना गरी सहुलियत ब्याजदर बेस रेटमा थप १ प्रतिशत तथा ०=२५ प्रतिशतको न्यूनतम प्रशासनिक शुल्कमा उपभोग गर्न पूर्वस्वीकृत कर्जा एन आई सी बैंकको अर्को स्किम हो । ‘उदाहरणको लागि यदि ग्राहक महानुभावको बचत खातामा पछिल्लो तीन ३ महिनामा औसत रू. १० लाख बचत जम्मा रहेको छ र यस अवस्थामा ग्राहक महानुभावले रू. १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् रू. १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ,’ न्यौपानेले भन्नुभयो । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था छ ।

अनलाइन खाता खोल्नका लागि यहाँ क्लिक गर्नुहोस्