अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस कार्यालय सानेपामा देउवाविरुद्ध नाराबाजी

कांग्रेस कार्यालय सानेपामा देउवाविरुद्ध नाराबाजी


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध नाराबाजी भएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक सुरू हुनै लाग्दा नेताहरूको ध्यानाकर्षण गराउँदै शेखर कोइराला समूहका नेविसंघ र तरुण दलका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

उनीहरूले ‘देउवा प्रवृत्ति बन्द गर, एकलौटीपन बन्द गर, पार्टी कार्यलय जान दे, नालायक सभापति मुर्दावाद, प्रहरी हस्तक्षप बन्द गर’ जस्ता नारा लगाएका छन् ।

दुई दिनअघि सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गर्नुभएको थियो ।